प्रदेश मन्त्री यादवको इमाडोलस्थित घरबाट पौने दुई लाख नगद र दुई थान मोबाइल चोरी

काठमाडौं– मंगलबार राति प्रदेश–२का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको ललितपुर इमाडोलस्थित घरमा चोरी भएको छ ।

महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोलमा रहेको घरमा चोरी भएको हो । प्रहरीका अनुसार पौने दुई लाख नगद र दुई सेट फोन चोरी भएको महानगरीय प्रहरी वृत्त, सातदोबाटोले जानकारी दिएको छ । 

चोरी हुँदा मन्त्री यादव पनि घरमै रहेको प्रहरीको भनाइ छ । चोर झ्यालबाट भित्र प्रवेश गरेको र भित्र मन्त्री सुतेको कोठाबाट सिरानीमा राखेको दुईवटा फोन चोरेको प्रहरीले जानकारी दिएको छ । दराज र सुटकेस खोलेर पैसा मात्रै लगेको देखिएको छ । 

अर्को कोठामा सुतेका मन्त्री यादवका साथीको कोठाबाट पनि चोरी भएको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १८:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया