निषेधाज्ञासँगै चितवनमा रगत अभाव

चितवन– निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ । यहाँ भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना–ठूला अस्पताल छन् ।

ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत पर्याप्त मात्रामा पाउन कठिन भएको हो ।

पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसका कारण रक्तदाता इच्छा हुंँदाहुँदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरले जानकारी दिएको छ । 

कोरोना त्रास र जोखिमका कारण रक्तदाता रगत दिन डराएको केन्द्रको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १९:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया