मंगलबार धरानमा मृत्यु भएका युवामा कोरोना
केहि दिनअघि पोखरामा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका लागि लगिँदै । फोटो : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय

धरान । सप्तरीका एक युवामा मृत्युपछि कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत अवस्थामा मंगलबार मृत्यु भएका युवाको कोरोना संक्रमणको पुष्टि भएको बिपी प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । 

मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज-४ का २८ वर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि सुरुमा राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । ज्वरो आउनुकासाथै श्वास–प्रश्वासमा समेत समस्या देखिएका उनलाई अवस्था जटिल रहेको भन्दै  बीपी प्रतिष्ठान  रेफर गरेको थियो । बीपीमा लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ । 

बुधबार राति आएको रिपोर्टमा मृतक युवामा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ।





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार ९:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया