कञ्चनपुरमा १० दिन निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि बिहीबार मध्यरात १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

“बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ”, प्रजिअ खतिवडाले भने, “सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो ।”

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए । 





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १९:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया