वीरगन्जमा कोरोनाभाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ त्यहाँको नारायणी कोभिड १९ अस्पतालमा एक वृद्धका मृत्यु भएको हो ।
अस्पतालका अनुसार वीरगन्जका ७४ वर्षीय वृद्धको मृत्यु कोरोनाका कारण भएको हो । उनको बुधबार मात्र स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।
उनलाई ज्वरो र खोकीको समस्या थियो ।
उनको मृत्यु भएसँगै वीरगन्जमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।