चितवनमा थपिए २२ कोरोना संक्रमित

चितवनमा थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । 

चितवनको भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यीमध्ये १९ जना भरतपुर महानगरपालिकाका हुन् । ११ महिला सबै भरतपुर महानगरपालिकाका हुन् । यीमध्ये केही अस्पतालमा उपचार गराइरहेका छन् । 

चितवनकै राप्ती नगरपालिकाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुर, पर्र्वत, पर्सा तथा मकवानपुरका एक–एक जनामा पनि चितवनमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ८:४५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया