आज मात्र कसकसले ज्यान गुमाए काेराेनाका कारण ?

कोरोनाभाइरस संक्रमण नेपालका लागि अब भयावह बन्ने अवस्थामा पुगिसकेको शुक्रबार विहानबाट आएका समाचारहरुले प्रष्ट्याउन थालेका छन् । शुक्रबार विहान मात्र नेपालमा कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । 

यसरी ज्यान गुमाउनेमा पाटन अस्पतालमा दुई जना रहेका छन् । दोलखाका ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षका पुरुषले आज विहान ललितपुरमा रहेको पाटन अस्पतालमा ज्यान गुमाएका हुन् ।

उता, विराटनगरमा ४५ वर्षका पुरुषले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । उनी अस्पतालमा बेड नपाएपछि घरमै आइसोलेसनमा बसेका थिए । विराटनगर–६ सरोचियाका ४५ वर्षीय पुरुषमा ३ भदौमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

त्यस्तै, रौतहटमा पनि एक पुरुषले कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । रौतहटको इशनाथ नगरपालिकाका ५५ वर्षीय पुरुषको वीरगन्जमा मृत्यु भएको हो । उनी वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत थिए । 

त्यस्तै, बुटवलमा पनि प्युठानको स्वर्गद्वारी नगरपालिकाका ६४ वर्षका एक पुरुषको निधन भएको छ । उनी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गरिरहेका थिए ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ११:३०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया