पर्यटन मन्त्रालयका कर्मचारीलाई कोरोना

सिंहदरबारमा अब कोरोनाभाइरस संक्रमित कर्मचारी भेटिन थालेका छन् । सिंहदरबारभित्र रहेको पर्यटन मन्त्रालयका कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । 

संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षकी महिलालाई कोरोना पुष्टि भएको छ । उनी शाखा अधिकृत हुन् ।

महिलामा संक्रमण देखिएपछि उक्त शाखाका अन्य कर्मचारीलाई कार्यालय नआउन भनिएको छ । ४६ जनाको स्वाब लिइएकोमा एक जनाको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १२:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया