बालिकालाई अपहरण गरी बलात्कार

बर्दियाको बारबर्दिया नगरपालिकामा ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ ।

बारबर्दिया ८, भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँगै सुतेकी बालिकालाई गएराति अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन् ।

विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए । 

पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १५:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया