कार्डमार्फत बस भाडा तिर्ने व्यवस्था गर्दै  थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स


सार्वजनिक सवारीसाधनमा डिजिटल भुक्तानी प्रणाली लागु गर्न थ्री सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रालि र सिद्धार्थ बैंकबीच सहकार्य भएको छ । सार्वजनिक सवारीको क्षेत्रमा नवीनतम प्रविधि  विकास गरी आधुनिकीकरण गर्ने उद्देश्यले दुई पक्षबीच व्यावसायिक सम्झौता भएको बताइएको छ । 


थ्री सिक्स्टीका प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मी तथा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक सुरेशराज महर्जनले सहकार्य सम्बनधी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

थ्री सिक्स्टीले विकसित गरेको उक्त प्रणालीमा डिजिटल रुपमा भाडा भुक्तानीसँगै जीपीएस ट्र्याकिङ, बहुउपयोगी स्मार्ट बोर्ड, मोबाइल एप्लिकेसन लगायतका प्रविधि रहेको बताइएको छ । 

सम्झौताअनुसार थ्री सिक्स्टी अन्तर्गत सञ्चालनमा रहेका यातायातमा सिद्धार्थ बैंकको पिओएस मेसिन राखिनेछ ।  यात्रुहरुले स्मार्ट प्रिपेड कार्ड, क्यूआरकोड आदिको प्रयोग गरी  मेसिनमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् । 


सवारीसाधनमा भाडा भुक्तानीका लागि प्रयोग गरिने स्मार्ट कार्ड यातायातबाट र सिद्धार्थ बैंकका शाखाबाट खरिद गर्न सकिनेछ । साथै कार्डमा आवश्यकता अनुसार नगद लोड गर्न सकिने सुविधा समेत रहेको छ । 





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १६:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया