कोरोनाका कारण थप एकको मृत्यु

बुधबार धनुषाका एक पुरुषको मृत्यु कोरोनाभाइरसका कारण भएको पुष्टि भएको छ । धनुषाको नगराइन नगरपालिकाका ५० वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । 

उनको स्वाब परीक्षणमा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।

उनलाई बुधबार नै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई काठमाडौं ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको थियो ।

योसँगै धनुषामा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । नेपालमा शुक्रबार मात्र योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १८:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया