२० सेकेन्डमा खत्तम गर्न सकिन्छ कोरोनाभाइरस

पछिल्लो ६ महिनामा विश्वमा सबै मानिसहरुको बानी व्यहोरामा ठूलो परिवर्तन आएको छ । कोरोनाभाइरस महामारी सुरु भएपछि मानिसहरुमा आएका परिवर्तन त देख्न सकिहालिन्छ, मास्क, सेल्फ आइसोलेसन, सामाजिक दूरीबारे अहिले सबैजना जानकार भइसकेका छन् । अनि सबैले अब भन्न थालेका छन्, स्यानिटाइजर प्रयोग गर्नु वा हात धुनु प्राथमिकतामा हुनुपर्छ ।

फ्रेबुअरीमा जब पूरै विश्व कोरोनाभाइरस महामारीको चपेटमा परेको थियो, तब स्वास्थ्य एजेन्सीहरुले मानिसहरुलाई यो भाइरसबाट कसरी सुरक्षित हुने भन्नेबारे बताउन थालिसकेका थिए । 

र, यो सुझावमध्ये सबैभन्दा महत्वपूर्ण हो– २० सेकेन्डसम्म हात धुनु । साबुन पानीले २० सेकेन्ड हात धुँदा कोरोनाभाइरस खत्तम गर्न सकिन्छ भन्ने धेरैको अनुमान थियो ।

बोस्टनको नर्थ इस्टर्न विश्वविद्यालयका रसायन विज्ञान तथा रासायनिक जीव विज्ञानका प्रोफेसर थोमस गिलबर्टले भनेका छन्, ‘एउटा सस्तो साबुन र तातो पानीले नै कोरोनाभाइरस हटाउन सकिन्छ ।’

यतिमात्र होइन, तातो पानीको प्रयोगले पनि यो भाइरसलाई हटाउन सकिने उनले बताएका छन् । हातमा खाना पकाउँदा लागेको तेल हटाउन जसरी साबुन पानी वा तातो पानी हुँदा सहज हुन्छ, त्यसरी नै यो भाइरस हटाउन पनि सहज हुने उनले बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार २१:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया