महात्मा गान्धीको चश्मा ४ करोडमा लिलाम

ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ४ करोड नेपाली रुपैयाँमा लिलाक गरेको छ । यसलाई एक अमेरिकी संकलकले खरिद गरेका छन् । 

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सन्सका अनुसार यो चश्मा ३ अगस्टमा भेटिएको थियो । तर, यो कसरी त्यहाँ छोडिएको थियो भन्नेबारे अहिलेसम्म खुलेको छैन । 

एजेन्सीका एन्ड्«यु स्टोले त्यति बेला नै यो चश्मा १४ लाख भारतीय रुपैयाँभन्दा बढीमा बिक्री हुनसक्ने अनुमान कम्पनीले गरेको बताएका छन् । यो चश्मा गान्धीलाई उनका काकाले दिएका थिए । सन् १९१० देखि १९३० को बीचमा उनी दक्षिण अफ्रिकामा हुँदा उनका काकाले यो उनलाई दिएको चश्मा थियो । 

यसअघि यो चश्मा भएका व्यक्तिले यसलाई फाल्ने मनस्थिति समेत बनाएका थिए । तर, अब उनले निकै ठूलो रकम पाएपछि आफ्नो जीवन बदलिएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार २२:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया