संखुवासभा आइसोलेसन वार्ड तोडफोड : क्याम्पस प्रमुख पक्राउ

जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएपछि क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

तोडफोड हुनुमा क्याम्पस प्रमुखको चलखेल हुनसक्ने भन्दै अनुसन्धानका लागि तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

तिम्सिनाको घटना अघिका केही अभिव्यक्तिका कारण उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको निरीक्षक राईले स्पष्ट पारे । घटनामा संलग्नहरुको पनि खोजि भइरहेको राईको भनाइ छ ।

धर्मदेवीनगरपालिका–४ पिलुवा खोलामा बनाइएको क्वारेन्टिनमा रहेका धर्मदेवीनगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र अर्को २२ वर्षीय एक पुरुषमा सोमबार कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुलाई बिहीबार क्याम्पसमा निमार्ण गरिएको आइसोलेसनमा ल्याउने भएपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

क्याम्पसको आइसोलेसनमा तोडफोड गरिए पनि सोही ठाउँमा पुनः मर्मत गरेर कोरोना संक्रमितहरुको उपचार भइरहेको खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए ।

तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीन जनाको उपचार भइरहेको उनको भनाइ छ । कोरोना पुष्टि भएको चौथो दिनमा उनीहरुलाई आइसोलेसनमा ल्याइएको हो ।





  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १५:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया