जहाँ बसोवास गर्न एपेन्डिसाइटिसको शल्यक्रिया गराउनैपर्छ

एजेन्सी– दुनियाँमा कुनै पनि स्थानमा बस्नका लागि केही सर्तहरू अनिवार्य हुन्छन् । केही कानुनी सर्त हुन्छन् त केही सामाजिक । एक व्यक्तिलाई अर्को देशमा बस्नका लागि पासपोर्ट अनिवार्य सर्त हुन्छ ।

ल्याटिन अन्टार्कटिकामा यस्तो एउटा बस्ती छ जहाँ लामो समयसम्म बसोवास गर्नका लागि एपेन्डिसाइटिसको शल्यक्रिया गराउन अनिवार्य सर्त रहेको छ । अन्टार्कटिका सबैभन्दा चिसो महादेश हो । मानिसहरू यस क्षेत्रमा छोटो समयसम्म मात्र बस्ने गर्छन् । तर पनि यस ठाउँमा मानिसका बस्तीहरू रहेका छन् । जसमा एक बस्ती छ, विलास लस एस्ट्रेलास ।

यो ठाउँमा कि अनुसन्धानका लागि वैज्ञानिकहरू बस्ने गर्छन कि त चिलीका वायुसेना वा जलसेनाका जवानहरू । धेरै सैनिक यहाँ आउने–जाने गरिरहन्छन् । र पनि यहाँ वैज्ञानिक तथा सैनिकहरू आफ्नो परिवारको साथ लामो समयसम्म रहन्छन् । उनीहरू विलास लस एस्ट्रेलासका बस्तीमा मुस्किलले सयजना जति मानिस बसोबास गर्छन् । यहाँ विकसित गाउँ वा सहरको जस्तो सुविधा छैन ।

तर, आवश्यकताका लागि जनरल स्टोर, बैंक, स्कुल, ससाना पोस्ट अफिस तथा अस्पताल रहेका छन् । स्कुलमा बच्चाका लागि आधारभूत शिक्षा उपलब्ध भए पनि अस्पतालमा सामान्य उपचार मात्र हुन्छ । अन्टार्कटिकामा रहेको एक ठूलो अस्पताल एस्ट्रेलस गाउँबाट एक हजार किलोमिटर टाढा रहेको छ । यहाँको बाटोभरि हिउँका अग्लाअग्ला पहाडहरू छन्, जसले गर्दा उक्त अस्पतालसम्म पुग्न सहज छैन । अस्पतालमा पनि विशेषज्ञ चिकित्सक छैनन् । यस कारण जस्तोसुकै आकस्मिक घटना, दुर्घटनाबाट बच्नक लागि एपेन्डिसाइटिसको शल्यक्रिया गराउनु आवश्यक छ ।

यहाँका मानिसको जिन्दगी जति अद्भूत छ, त्योभन्दा बढी अद्भूत यो बस्ती रहेको छ । फरक–फरक दिशा देखाउने निशाना हेरेरै अनुमान लगाउन सकिन्छ कि यो ठाउँ ठूलो बस्तीबाट कति धेरै टाढा रहेको छ । अमेरिकाको विशाल हवाईजहाज कम्पनी लक हिड मार्टिनले बनाएको मालवाहक विमान सी–१३० हक्र्युलिसबाट आवश्यक परेका सामानहरू ल्याउने गरिन्छ । त्यही वरिपरि ४डब्लुडी ट्रक वा र्याफ्टिङ बोटको प्रयोग गरिन्छ । यस क्षेत्रको औसत तापक्रम वर्षभरि माइनस २.३ सेल्सियस रहन्छ जुन अन्टार्कटिकाको केन्द्रीय तापक्रमभन्दा बढी हो । सर्जियो क्युबिलस चिलीको एयसफोर्स बेसका कमान्डर हुन् । उनी करिब दुई वर्ष यस ठाउँमा परिवारका साथ बसे । उनका परिवारका सदस्य चिली फर्किए पनि उनी यहीँ बसिरहेका छन् ।

उनी भन्छन्, ‘यस ठाउँको मौसममा बस्न निकै चुनौती छ किनकि जाडो महिनामा तापक्रममा माइनस ४७ डिग्री हुन्छ । अस्पतालमा सेवासुविधा न्युनतम रहेका कारण समस्या उत्पन्न हुन सक्ने भएकाले उक्त बस्तीमा बस्ने सैनिकका श्रीमतीहरूलाई गर्भवती नहुनका लागि सुझावसमेत उनले दिएका छन् । यस ठाउँमा पेन्गुइनलाई मानिसबाट खतरा छैन, तर तापक्रम घटेपछि धेरैको संख्यामा उनीहरू मर्न थाल्छन् । सेनाको बेस क्याम्पबाट टाढा उचाइमा ट्रिनिटी नामको एक रुसी चर्च छ । यसलाई रुसका एक रुढिवादी पादरीले बनाएका थिए । विलास लस एस्ट्रेलस पृथ्वीको एउटा यस्तो भाग हो जहाँ अर्कै ग्रहमा बसेको जस्तो अनुभव हुन्छ । यस ठाउँमा बस्ने मानिसको जिन्दगी अन्य ठाउँको भन्दा कठिन र चुनौतीपूर्ण रहेको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया