चितवनमा भयावह बन्दै कोरोनाः ४ दिनमा ४ को मृत्यु, सयभन्दा बढी संक्रमित

पछिल्लो समय चितवनमा कोरोनाभाइरसको प्रभाव बढ्दो छ । विशेषगरि चितवनका अस्पतालहरुमा उपचार गराइरहेका दीर्घरोगीमा कोरोनाभाइरसका कारण मृत्यु हुन थालेपछि चितवनमा कोेरोना भयावह बन्दै गइरहेको विश्लेषण आउन थालेको छ । 

शनिबार साँझ चितवनमा हेटौंडाकी कोरोना संक्रमितको निधन भएसँगै चितवनमा लगातार चार दिन चार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यही चार दिनमा चितवनमा सयभन्दा बढी संक्रमित भेटिएका छन् । यीमध्ये केही बाहिर जिल्लाबाट चितवनमा उपचार गर्न आएका हुन् ।

चितवनको पुरानो मेडिकल कलेजमा मात्रै दुई दिनमा कोरोनाका कारण दुई जनाको निधन भएको छ । भरतपुरमा रहेको यो अस्पतालमा शनिबार हेटौंडाकी ६५ वर्षीया संक्रमितको निधन भएको हो भने बिहीबार हेटौंडाकै ५६ वर्षका पुरुषको निधन भएको हो ।

भदौ २ गतेयता चितवनमा मात्र ४ जनाको निधन कोरोनाका कारण भएको छ । यीमध्ये दुई जना चितवनकै हुन् । 

यसअघि पनि चितवनमा अन्य २ जनाले कोभिड १९ का कारण ज्यान गुमाइसकेका छन् । चितवनमा २७ जेठमा पहिलो पटक कोरोनाका कारण ६८ वर्षीय पुरुषको निधन भएको थियो । त्यस्तै १३ असारमा पनि चितवनमा एक संक्रमितको ज्यान गएको थियो । कैलालीबाट उपचारका लागि उनी चितवन पुगेका थिए ।

अब चितवनमा मात्र ३ सय ५० जनाभन्दा बढी संक्रमित भइसकेका छन् । यीमध्ये १ सय २० जनाले चाहिँ कोरोना जितेका छन् ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १०:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया