पोखराको अस्पतालका नर्सलाई कोरोना

पोखरामा रहेको कास्की सेवा अस्पतालको आइसियूमा उपचाररत एक बिरामी र अस्पतालमा काम गर्ने नर्समा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

२ भदौमा त्यहाँ एक कोरोनाभाइरस संक्रमितको निधन भएको थियो । संक्रमितको निधन भएपछि अन्यको पनि स्वाब परीक्षण गरिएको थियो ।

परीक्षणमा एक नर्सलाई कोरोना संक्रमण भएको खुलेको हो । 

कास्कीको पोखरामा मात्र अहिलेसम्म २ सय ५० भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । गण्डकी प्रदेशमा चाहिँ १८ सयभन्दा बढीलाई कोरोना संक्रमण भएको छ ।





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १४:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया