नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले दियो स्वीकृति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वीकृति दिएको छ। 

चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि निजी कम्पनी इच्छुक देखिएपछि स्वीकृति दिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको स्वीकृतिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको छ । 

कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रुस र बेलायतमा बनेका भ्याक्सिन नेपालमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको परिषदले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : भदौ ७, २०७७ आइतबार १७:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया