चितवनमा थप १२ जनालाई कोरोना

चितवनमा सोमबार विहान थप १२ जनालाई कोरोनाभाइरस भएको पुष्टि भएको छ । आइतबार राति गरिएको परीक्षणमा ७ महिला र पाँच पुरुषमा कोरोना भएको पुष्टि भएको हो । यीमध्ये एक पाँच वर्षीया बालिका पनि संक्रमित थपिएकी छिन् । 

संक्रमित सबै भरतपुर महानगरपालिका हुन् । 

आइतबार भरतपुरमा २ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै चितवनमा अब ३ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्ला र चितवनका गरेर चितवनमा कोरोनाका कारण ६ जनाले ज्यान गुमाइसकेको छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १०:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया