एकै परिवारका पाँच सदस्यको घरमै झुन्ड्याएर हत्या

भारतको मध्य प्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुन्ड्याएर हत्या गरिएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या भएको पुष्टि गरेको हो ।

भारतीय प्रहरीका अनुसार आइतबार राति सो घटना भएको हो । सबै शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरु एकै परिवारका रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ । 

भारतीय राज्य मध्य प्रदेशको टिकमगढ जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुन्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकमगढ जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिएका हुन् । 

खरेले सञ्चारमाध्यमहरूलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १२:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया