हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा थपियो

कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा भदौ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

साउन २६ बाट सुरु भएको निषेधाज्ञा भदौ ९ गते सकिँदै थियो । हेटौंडा उपमहानगरपालिका पूरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मूल्यांकन गर्दै निषेधाज्ञा थपिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

संक्रमण दर बढ्दै गएपछि मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित स्थानीय तहले पनि निषेधाज्ञा लगाएका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १३:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया