बुटवलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू
प्रतीकात्मक तस्बिर

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको छ । कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

 

कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालको भेन्टिलेटरमा उपचाररत ७० वर्षीया महिलालाई प्लाज्मा थेरापी गरिएको जानकारी दिए । 

जटिल संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी प्रयोग गर्न सकिन्छ । अंग प्रत्यारोपण भई औषधि खाइरहेका र क्यान्सर रोगका बिरामीसँग इम्युनिटी पावर कम हुने भएकाले त्यस्ता बिरामीलाई कोरोना भाइरस लागेमा प्लाज्मा थेरापीको प्रयोग गर्न सकिन्छ । बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना बिरामी आईसीयूमा छन् भने २३ जना आइसोलेसनमा छन् । 

 

नेपालमा दोस्रो पटक तथा यस क्षेत्रमै पहिलो पटक कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार लागि लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा.साजन श्रेष्ठले आफ्नो रगत प्रदान गरेका थिए । डा. साजन केही समय अगाडि मात्र कोरोना संक्रमण भएर निको भएका थिए । 
 





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १७:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया