नेपालका ६ स्थानीय तह अझै बैंकको पहुँचबाहिर

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार नेपालका ६ स्थानीय तह अझै बैंकको पहुँचमा पुगेका छैनन् । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुगेका छन् । 

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत वर्षको वार्षिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । गत असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहको संख्या ७ सय ३५ थियो । गत आर्थिक वर्षमा थप १२ स्थानीय तहमा बैंक पुगेका छन् । 

२०७६ असार मसान्तमा १ सय ७१ रहेकोमा २०७७ असार मसान्तमा १ सय ५५ कायम भएको छ । यस अनुसार २०७७ असार मसान्तमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६ सय ८६ रहेकोमा २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ पुगेको छ ।

२०७७ असार मसान्तसम्म कूल १ सय ९६ बैंक तथा वित्तीय संस्था मर्जर–प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ५० संस्थाहरुको इजाजत खारेज हुन गई ४६ संस्था कायम भएका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७७ साेमबार १९:१५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया