निजी विद्यालयमा बच्चा पढाउने तीन शिक्षकलाई जनही १० हजार जरिवाना

दुल्लू– दैलेखमा सरकारी विद्यालयका तीन शिक्षक कारबाहीमा परेका छन् । निजी विद्यालयमा आफ्ना छोराछोरी पढाएको आरेपमा गुराँस गाउँपालिकाले उनीहरुलाई कारबाही गरेको हो । 

स्थानीय कृष्ण माध्यमिक विद्यालयमा पढाउने उनीहरुलाई जनही १० हजार जरिवाना गरिएको छ । यसअघि गाउँपालिकाले ०७५ मा गाउँपालिकाभित्रका सरकारी कर्मचारी र शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।

आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको थियो । सो निर्णयको पालना नगरेको भन्दै उनीहरुलाई कारबाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

कारबाहीमा पर्नेमा विद्यालयमा कार्यरत शिक्षकहरु पदम नेपाली, रोशनी मल्ल र कमलाकुमारी चन्द छन् । 
 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २०:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया