कर्णालीमा ५३ हजार परीक्षण, २ हजार ३१३ सङ्क्रमित, २ हजार ७ निको

सुर्खेत– कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।  आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई–दुई, धनुषा र कञ्चनपुरका एक–एकजनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक–एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एकजनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको छ । 

कर्णालीमा देखिएका कुल कोरोना सङ्क्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत सङ्क्रमितहरु मात्र आइसोलेशनमा छन् । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश अस्पतालको आइसोलेशनमा आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको, तर सबै निको भएर घर फर्किसकेका छन् । 





  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २०:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया