कुलमानबारे हरिबंशः ४८ हजार लाइक्स, ३ हजारभन्दा बढी सेयर

हरिबंश आचार्य । नेपाली कलाकारिता क्षेत्रमा सबैभन्दा महत्वपूर्ण मानिने व्यक्तिमध्ये एक हुन् ।

नेपालमा जुनसुकै उमेर समूहकाले पनि हरिबंशको कलाकारिताको सधैं चर्चा गरिरहेका हुन्छन् । आचार्य पछिल्लो समय सामाजिक सन्जालमा पनि निकै सक्रिय भइरहेका छन् ।

र, पछिल्लो समय चर्चामा रहेका नेपाली मनमा रहेका ‘हिरो’ हुन् कुलमान घिसिङ । कुनै समय नेपाल अन्धकारमा आफ्नो दैनिकी बिताइरहेको थियो, दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो । त्यही अन्धकारलाई नेपाली मनबाट हटाएर कुलमान भए ‘कुलम्यान’ र ‘हिरो’ । 

अब कुलमानको नेपाल विद्युत् प्राधिकरणमा पदावधि सकिँदै छ । त्यही भएर हुनुपर्छ, उनको विषयमा अहिले सामाजिक सन्जालमा ठूलो चर्चा चलिरहेको छ । यही चर्चालाई समातेका छन्, नेपालका कलाकारहरुले पनि । 
 

करिश्मा मानन्धर, मनोज गजुरेलहरुले सामाजिक सन्जालमा अहिले अँध्यारो हटाएका कुलमानलाई फेरि विद्युत् प्राधिकरणको एमडीमा निरन्तरता दिनु पर्ने माग गरेका छन् । 

अनि यही माग घुमाउरो पारामा गरेका छन्, हरिवंश आचार्यले पनि । उनले पनि हिजोका अँध्यारा दिनहरु सम्झिएका छन् र अहिलेको उज्यालो परिस्थितिको विषयमा सामाजिक सन्जालमा लेखेका छन् । 



यो सामग्री तयार पार्दासम्म हरिवंशको यो पोस्टमा ४८ हजारभन्दा धेरैले लाइक गरेका छन्, ३ हजारभन्दा बढीले सेयर गरेका छन् । त्यस्तै, २ हजारभन्दा बढीले हरिवंशको यो पोस्टको समर्थन गरेका छन् ।



  • प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार २२:३८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया