चितवनमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड १९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ४४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

थपिएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला पनि रहेका छन् । 

भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै हुन् ।

योसँगै चितवनमा ४ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् । पछिल्लो समय चितवनमा अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ८:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया