अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका शीर्ष चिकित्सकले कोभिड १९ को उपचारका लागि प्लाज्मा थेरापी निकै फाइदाजनक हुने भन्दै बढाइचढाइ कुरा गरेको भन्दै माफी मागेका छन् ।
स्टिफन ह्यानले कोभिड १९ को उपचारका लागि प्लाज्मा थेरापीबारे कुराहरु गर्न थालेपछि उनको आलोचना अमेरिकामा मात्र नभएर विश्वभर बढेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा पनि उनले यो उपचार पद्धतिले अहिले गुमाइरहिएको जीवन बचाउन सक्ने दाबी गरेका थिए । तर, वैज्ञानिकहरुले स्टिफनको यो दाबीमाथि प्रश्न उठाउन थालेका थिए । स्टिफनले प्लाज्मा थेरापीबाट ३५ प्रतिशत मृत्यु रोक्न सकिने दाबी गरेपछि उनी आलोचनामा परेका थिए ।
अब सिबिएस न्युजसँग कुराकानी गर्दै उनले अझ राम्रो काम गर्न सकियोस् भनेर आफूले यस्तो बताएको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।