बुधबार विहान कहाँकहाँ कोकसको मृत्यु भयो कोरोनाबाट ?

नेपालमा अब कोरोनाभाइरसको प्रभाव निकै बढ्न थालेको छ । दैनिक कम्तिमा पनि ७ जना व्यक्तिको कोरोनाभाइरसका कारण निधन हुन थालेको केही दिन भइसकेको छ । 

मंगलबार रातभर पनि नेपालमा कोभिड १९ का कारण तीन जनाको निधन भएको समाचार प्राप्त भएको छ । 

यसरी निधन हुनेमा बाँकेमा थप एकजना कोरोना संक्रमित रहेका छन् । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका ३७ वर्षका पुरुषको निधन भएको हो । उनलाई कोरोना सँगसँगै निमोनियाको पनि समस्या भएको बताइएको छ । उनी ८ भदौमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा पनि उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । ५४ वर्षका यी कोरोना संक्रमितको मंगलबार राति साढे ९ बजे उनको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी २३ साउनमा पाटन अस्तालमा भर्ना भएका थिए ।

त्यस्तै, मंगलबार राति नै विराटनगरमा एक जना संक्रमितको निधन भएको छ । ४४ वर्षकी यी महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि निमोनियाको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ६० कटेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ९:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया