उपत्यकामा थपियो सात दिन निषेधाज्ञा, आज औपचारिक निर्णय आउने

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच मंगलबार भएको छलफलले यो निर्णय गरेको हो । तर, यसको औपचारिक जानकारी दिइसकिएको छैन । आज यसबारे औपचारिक निर्णय हुने बताइएको छ ।

यसअघि सुरक्षा संयन्त्र तथा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौंमा सात दिनका लागि निषेधाज्ञा लगाएको थियो ।

योसँगै काठमाडौं उपत्यकामा १७ भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिने भएको छ । अनि अब नाकामा थप कडाइ गर्ने पनि यी तीन जिल्लाका अधिकारीहरुले निर्णय गरेका छन् । 

यसरी निषेधाज्ञा थप्दा कोरोना संक्रमण रोकथाममा ठूलो सहयोग पुग्ने जिल्ला अधिकारीहरुको निष्कर्ष रहेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ९:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया