बुधबार विहान थप दुईको कोरोनाकारण मृत्यु, पाँच जना पुग्यो मृतक संख्या

बाराका थप दुई जनाको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । यी दुई जनाको कोभिड अस्पताल वीरगन्जमा उपचार भइरहँदा मृत्यु भएको हो । 

योसँगै बुधबार विहान मात्र कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगिसकेको छ ।

वीरगन्जमा मृत्यु हुनेमा कलैयाका ६६ वर्षका पुरुष र ४२ वर्षका पुरुष रहेका छन् । यी दुवै जनामा निमोनियाको समस्या पनि देखिएको थियो ।

यसअघि मंगलबार रातभर पनि नेपालमा कोभिड १९ का कारण अन्य तीन जनाको निधन भएको समाचार प्राप्त भएको थियो । 

यसरी निधन हुनेमा बाँकेमा थप एकजना कोरोना संक्रमित रहेका छन् । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका ३७ वर्षका पुरुषको निधन भएको हो । उनलाई कोरोना सँगसँगै निमोनियाको पनि समस्या भएको बताइएको छ । उनी ८ भदौमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, ललितपुरमा रहेको पाटन अस्पतालमा पनि उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । ५४ वर्षका यी कोरोना संक्रमितको मंगलबार राति साढे ९ बजे उनको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी २३ साउनमा पाटन अस्तालमा भर्ना भएका थिए ।



त्यस्तै, मंगलबार राति नै विराटनगरमा एक जना संक्रमितको निधन भएको छ । ४४ वर्षकी यी महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनी मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि निमोनियाको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ६० कटेको छ ।



  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ९:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया