भारतमा २४ घन्टामा थपिए ६७ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा ६७ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यही समयमा भारतमा १ हजार ५९ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । भारतको नयाँ दिल्लीमा कोभिड १९ का संक्रमितको संख्या निकै बढ्न थालेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले एक बैठक बोलाएका छन् ।

स्वास्थ्यमन्त्री तथा अन्य अधिकारीहरु सामेल हुने भनिएको यो बैठकमा कोरोना नियन्त्रणका लागि दिल्लीमा अब नयाँ योजना लागु गर्नेबारे छलफल हुने भारतीय मिडियाले जनाएका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ११:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया