कोरोना एन्टीबडी उपचार पद्धति अष्ट्रेलियामा सन् २०२१ मा सुरु हुने

कोरोनाभाइरसको उपचारका लागि प्रयोग हुनसक्ने एक विधि एन्टीबडी उपचार पद्धति अष्ट्रेलियामा सन् २०२१ को सुरुवातमा हुनसक्ने बताइएको छ । 

अष्ट्रेलियाका शोधकर्ताहरुले यो पद्धतिबाट मानिसमा परीक्षण गर्न सकिने आशा जागेको बताएका हुन् । 

समाचार एजेन्सी रोयटर्सका अनुसार शोधकर्ताहरुले यो वर्षको अन्तिमसम्ममा भ्याक्सिनको ट्रायल पनि सुरु गर्न सकिने बताएका हुन् ।

यो ट्रायलको सुरुवात भिक्टोरियामा गर्न सकिने अष्ट्रेलियाले जनाएको छ । त्यहाँ अष्ट्रेलियाका सबैभन्दा बढी संक्रमित रहेका छन् । भिक्टोरियामा गत २४ घन्टामा २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १३:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया