प्रधानमन्त्रीलाई कमल थापाको प्रश्न : ब्रम्हलुटको किन छानविन हुँदैन ?


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले खुलेआम भइरहेको ब्रम्हलुटको किन छानविन हुँदैन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । 

विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारबारे बुधबार अध्यक्ष थापाले ट्वीटरमा टिप्पणी लेखेका छन्  ‘कृषि क्षेत्रमा भएको व्यापक भ्रष्टाचारको नालिबेली सार्वजनिक गरिएको छ । विश्व बैंकले पदाधिकारीको नाम समेत किटान गरी कारबाहीका लागि सरकार ध्यान आकर्षित गरेको छ । खुलेआम भइरहेको ब्रम्हलुटको किन छानविन हुँदैन ? प्रधानमन्त्री किन निरीह र किं कर्तब्य विमुढ हुनुहुन्छ ?’ 

अनियमितताको सम्पूर्ण विवरण देखाएको विश्व बैंकले दोषीमाथि कारबाही गर्न भन्दै सरकारलाई पत्र समेत पठाएको छ ।
 





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १५:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया