काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न निर्देशन दिएको छ ।
१४ दिन क्वारेन्टिनमा बसेपछि लक्षण नदेखिए कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पताललाई परिपत्र गरेर यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिनपछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।
१४ दिनभन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।