शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सर्च कमिटी गठन

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सर्च कमिटी गठन गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा कमिटी गठन भएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न कमिटी गठन गरेको हो ।

शिक्षक सेवा आयोगमा १ अध्यक्ष र १ महिलासहित २ जना सदस्य गरी ३ सदस्यीय आयोग रहने शिक्षा ऐनमा व्यवस्था छ । हाल तीनमध्ये दुई पद रिक्त छन् ।

सर्च कमिटीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य छन् । आयोगका पदाधिकारीहरूको पदावधि ५ वर्षको हुने व्यवस्था छ । 





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १७:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया