बिहीबारः वीरगन्जमा मात्रै ३ कोरोना संक्रमितको मृत्यु

कोरोनाभाइरसले पछिल्लो समय नेपाललाई निकै प्रभावित पार्न थालेको छ । पछिल्ला दिनमा नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कम्तिमा पनि १ सय ७५ जनाको कोरोनाका कारण निधन भइसकेको छ ।

बिहीबार विहान पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । 

बिहीबार विहानसम्म आएका तथ्यांकअनुसार बुधबार राति र बिहीबार विहान मात्र कम्तिमा पनि ६ जनाको कोरोनाका कारण निधन भइसकेको छ । र, यीमध्ये तीन जना रहेका छन्, वीरगन्जका ।

वीरगन्जमा बुधबार साँझ साढे ६ बजे ७२ वर्षका एक पुरुषले कोरोनाका कारण ज्यान गुमाएका थिए । उनको नारायणी अस्पतालमा निधन भएको थियो । 

त्यसपछि बिहीबार विहान साढे ६ बजे फेरि वीरगन्जमै २३ वर्षीया महिलाको निधन भएको छ । गर्भवती यी महिलामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको थियो । उनी ३३ साताकी गर्भवती रहेकी थिइन् । उनमा निमोनिया र श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ ।

बिहीबार नै वीरगन्जमा ६२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनी मिर्गौला रोग पीडित भएको पनि बताइएको छ । एक वर्षदेखि मिर्गौलाको डायलाइसिस गराउँदै आएका उनी कोरोना संक्रमण पुष्टि भएपछि ३० साउनमा अस्पताल भर्ना भएका थिए ।



बिहीबार विहानसम्म थपिएका यी तीन पछि अब वीरगन्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगिसकेको छ ।



  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १०:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया