बनेपामा ५० शय्याको सुविधासम्पन्न आइसोलेसन सेन्टर
फाइल फोटो

कोरोना संक्रमित बढ्दै गएपछि काभ्रेको बनेपा नगरपालिकाले ५० शय्याको व्यवस्थित र सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे लगायतले निरीक्षण गरेपछि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।


काभ्रेमा आइसोलेसन, क्वारेन्टिन लगायतको तयारी पर्याप्त गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा  झाले जानकारी दिए । बनेपाका साथै धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकामा गरी १ सय ६ बेडको आइसोलेसन सञ्चालनमा छन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १३:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया