आन्तरिक उडानको तयारी सुरु, पहिलो चरणमा हिमाली तथा पहाडी क्षेत्रबाट उडान हुने
फाइल फोटो

भदौ १६ देखि आन्तरिक उडान सुरु गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी थालेको छ । पहिलो चरणमा जोखिम कम भएका पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा भदौ १६ देखि नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर तयारी थालेको मन्त्रालयले जनाएको छ । 


पर्यटन मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि औपचारिक निर्णय भने हुन बाँकी रहेको बताइएको छ । सरकारले निर्णय गरेमा नागरिक उड्डयन प्राधिकरण र निजीक्षेत्र पनि सञ्चालनको तयारी अवस्थामा रहेको बताइएको छ । 

आन्तरिक उडानका लागि पनि नागरिक उड्डयन प्राधिकरणले सुरक्षा मापदण्ड ‘प्रोटोकल’ स्वीकृत गरिसकेको छ । मन्त्रालयले लुक्ला, रोल्पा, सिमिकोट, रारा, ताप्लेजुङ, संखुवासभा, पोखरा, काठमाडौं र सुर्खेतसम्म आन्तरिक उडान गर्न दिने तयारी गरेको हो । 
तराईका क्षेत्रमा भने तत्काल हवाई सेवा सुचारु गर्न नहुने निष्कर्षमा मन्त्रालय रहेको बताइएको छ ।
 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १३:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया