हिरो सुपर स्प्लेल्डर थप विशेषता सहित बजारमा

थप सुरक्षा विशेषता तथा परिष्कृत रुपमा सुपर स्प्लेन्डर नेपाली बजारमा आएको छ । हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर थप सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आइबिएस) सहित नयाँ सुपर स्प्लेन्डर बजारमा ल्याएको हो ।

यो वाइक देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा पाइने कम्पनीले जनाएको छ । कम्पनीले यो बाइकको मूल्य १ लाख ९८ हजार रुपैयाँ तोकेको छ । यो वाइकमा सेल्फ ड्रम एलओइ ह्वील छ ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आर एन्ड डी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको कम्पनीले जनाएको छ । 
नयाँ वाइकमा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर र १२४.७ सिसी इन्जिन छ । यो वाइकले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार वाइक ९० किलोमिटर प्रतिघण्टा अधिकतम गति दिन्छ ।

वाइकमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलओइ व्हील्स, आरामदायी सिट प्रोफाइल, १३ लिटरको इन्धन ट्यांकी र  ट्यांकी मुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स समेत छ । यो वाइक पाँच विभिन्न रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
 





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १४:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया