(भिडिओ) कुलमानमाथि सरकारका प्रवक्ताको ‘छुच्चो’ टिप्पणी

सबैलाई थाहा छ, केही दिन यता नेपालमा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले निकै चर्चा गरिरहेका छन्, कुलमान घिसिङको । नगरुन् पनि किन ४ वर्षअघि नेपालमा लोडसेडिङसहित आफ्नो दैनिकी बिताउन बाध्य नेपालीहरुका साँझ र रात उज्याले कसैले बनाइदिएका थिए, कुलमानले नै थिए ।

तिनै कुलमान अहिले एकाएक चर्चामा छन् । अनि उनी चर्चामा आउनुको कारण हो, उनको नेपाल विद्युत् प्राधिकरणमा यही महिनाको अन्त्यमा ४ वर्षे कार्यकारी निर्देशकको कार्यकाल सकिँदै छ ।

गत सोमबार देखि अहिले सामाजिक सन्जालभर कोही चर्चामा छ भने कुलमान नै चर्चामा छन् । उनी अहिले चर्चामा किन छन् भने मन्त्रिपरिषद् बैठकमा छलफल नै नभएको विषयमा समाचार बनेका थिए, सामाजिक सन्जालमा निकै धेरैले कुलमान कुलमान भनेर लेखिरहेका छन् । त्यो छलफल नभएको विषय थियो– कुलमानलाई पुनर्नियुक्त गर्ने वा नगर्नेबारे । 

त्यो दिन मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि नै केही सन्चारमाध्यमले ब्रेकिङ न्युज दिने लाइनमा गलत सूचना सम्प्रेषण गरे । केही सेलेब्रिटी र केही सामाजिक सन्जाल प्रयोगकर्ताहरुले कुलमानलाई प्राधिकरणमा नियुक्ति दिने कन्फर्म भइसकेको दाबी गरे । अनि कतिले त कुलमानसँगै उभिएको तस्वीर राख्दै उनलाई बधाई दिन पनि भ्याए ।

तर, पछि समाचार आयो– प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता दिने वा नदिने विषयमा ऊर्जा मन्त्रालयले कुनै प्रस्ताव नै लगेको छैन ।



यो समाचार आइसकेपछि पनि कुलमानको विषयमा चर्चा र परिचर्चा हुन छोडेको छैन । 

बिहीबार फेरि कुलमान चर्चामा आएका छन् । तर, यो दिन उनी चर्चामा आउनुको कारण हो, सरकारका प्रवक्ताको छुच्चो टिप्पणी 



सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा कुलमानबारे एक पत्रकारले सन्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडालाई सोध्छन्, ‘खासमा कुलमान नियुक्तिबारे के हो ?’

डा. खतिवडाले यसमा जवाफ दिन्छन्– उहाँलाई सामाजिक सन्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन । सामाजिक सन्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुनै भएन ।

अनि उनले पछि थपेका छन्– त्यो लेखाइ वा बोलाइमा कुनै सत्यता छैन ।

सरकारका प्रवक्ताले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा जसरी यो विषयमा बोले, त्यसमाथि अहिले सामाजिक सन्जालमा निकै कडा आलोचना भइरहेको छ ।

 

 

 

  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १७:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया