रामेछापमा भदौ १८ गतेसम्म निषेधाज्ञा

रामेछाप— जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा भदौ १८ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । बिहीबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

रामेछापमा स्थानीय प्रशासनले यसअघि भदौ १३ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमणबाट सुरक्षित रहन बजार दैनिक रुपमा बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार बैठकले जिल्ला भित्रिने सवारी साधनलाई अझै कडाइ गर्ने, रोग फैलिन सक्ने क्षेत्रमा स्थानीय निकायसमेतले अनुगमन र निगरानी गर्ने निर्णय गरेको बताइन् ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १८:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया