बलात्कारआरोपी वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

गोरखा– बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्ष​का लागि कारागार चलान गरिएको छ ।

जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।

जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए । गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियोे । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेस भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार १९:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया