धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा एक जना झापाका हुन् भने अर्को मोरङका ।
अस्पतालका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
दुवैको गए राति मृत्यु भएको हो । मृत्यु हुने पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाको समस्या थियो भने महिलामा उच्च ज्वरो थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।