चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । हेटौंडाकी ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
उनी ७ भदौमा चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी थिइन् । भर्ना भएलगत्तै उनमा कोरोना संक्रमण देखिएको थियो ।
दम र निमोनियाको समेत समस्या उनमा थियो ।
योसँगै चितवनमा मात्र हेटौंडका २ जनाको निधन भएको छ । चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चाहिँ ८ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।