नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण भएको उनको भनाइ छ ।
पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमण मुक्त भएको उनको भनाइ छ । कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको जम्मा संख्या २० हजार २४२ पुगेको उनले जानकारी दिए ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।