पछिल्ला दिनमा कोरोनाभाइरस महामारीले नेपालमा दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । संक्रमितको संख्या थपिने मात्र होइन, पछिल्ला केही दिन यता नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
शुक्रबार पनि नेपालमा कोरोनाभाइरसले नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबारसम्म स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ३६ हजार चार सय ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ९ सय २७ जना संक्रमित थपिएका छन् ।
२४ घन्टामा धेरै संक्रमित थपिएमध्ये यो पनि ठूलो संख्या हो । तर, यसअघि २४ घन्टामा एक हजार १ सय ११ जना संक्रमित पनि थपिएका छन् । त्यसैले संक्रमितको संख्याको आधारमा आज केही कम संक्रमित थपिएका छन् ।
तर, कोरोनाभाइरसका कारण पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एकै दिनमा सबैभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएको यो पहिलो दिन हो ।
योसँगै नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।