जर्मनीको एक अदालतले बर्लिनमा हुने कोरोनाभाइरस संक्रमणका कारण लागेका प्रतिबन्धविरुद्ध हुने प्रदर्शनी गर्न पाउने अनुमति दिएको छ ।
प्रशासनले यसअघि यस्ता प्रदर्शनलाई रोक्दै आएको थियो । प्रशासनले आफ्नो प्रदर्शन रोकेपछि प्रदर्शनका आयोजक अदालत पुगेका थिए ।
अदालतले केही सर्तहरु राखेर विरोध प्रदर्शनलाई अनुमति दिएको हो ।
यी विरोध प्रदर्शनमा पछिल्लो समय हजारौँ मानिसहरु सहभागी भइरहेका छन् । र, पछिल्लो समय जर्मनीमा कोरोनाभाइरस संक्रमितको संख्या पनि नियमित रुपमा बढिरहेको छ ।
यसअघि त्यहाँ सरकारले प्रतिबन्ध लगाएपछि विरोध प्रदर्शन सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।