पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा दुई कोरोनाभाइरस संक्रमित महिलाको मृत्यु भएको छ । 

अस्पतालका अनुसार मृत्यु हुने एक महिला काठमाडौंकी हुन् भने अर्की महिला भक्तपुरकी हुन् । काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । दुवै वनालाई आइसियूमा राखेर उपचार गरिँदै थियो ।

यसअघि आज नै वीरगन्जमा पनि एक महिलाको मृत्यु भएको छ । त्यस्तै, वीरगन्जमा अन्य दुईको पनि मृत्यु भएको छ । धरानमा पनि आज कोरोनाभाइरसका कारण एक जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १०:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया