विवेकशील नेपाली दलको आग्रहः ‘होम डेलिभरी’ सेवा दिनेलाई धरपकड नगर

काठमाडौं– विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ । 

सो दलका उपाध्यक्ष अजिता राईले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरिएको छ ।

सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनुहुँदैन ।’ 





  • प्रकाशित मिति : भदौ १३, २०७७ शनिबार १७:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया